१२ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

गुल्मीमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

स्कुटर दुर्घटनामा चन्द्रकोट-६ झापा बस्ने ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका (एसपी) राजन भुजेलले जानकारी दिए।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर-७ सिस्नेखोलास्थित मजुवा-रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो।

सडक छेउमा पल्टिएको स्कुटरबाट बाटोदेखि अन्दाजी २५० मिटर तल सिस्ने खोलाको पानीमा दुई जना पुरुष अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी गुल्मीमा पठाएका थिए। अस्पताल पुर्‍याएपछि डक्टरले उनीहरु दुवै जनालाई मृत घोषणा गरे।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ पुस २०८१ १९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App