१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा एमालेले खोल्यो खाताः वडाध्यक्षका कान्छा उम्मेदवार पराजित

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा एमालेले खाता खोलेको छ। चौतारा साँगाचोकगढी नगरपालिका–३ को वडाध्यक्ष जित्दै उसले जित निकालेको हो।  

यस वडाका वडाध्यक्षमा प्यानलसहित टेकबहादुर तामाङ निर्वाचित भएका छन्। निवर्तमान वडाध्यक्षसमेत रहेका उनले कांग्रेस उम्मेदवार दीपक कटुवाललाई हराए। तामाङले ५ सय ५४ मत ल्याए भने कटुवालले ५ सय १९ मत पाए।  

पराजित कटुवाल जिल्लामा वडाध्यक्षका सबैभन्दा कान्छा उम्मेदवार थिए। २४ वर्षीया उनले अघिल्लो निर्वाचनमा सवा सय मत ल्याएर तेस्रो बनेको कांग्रेसलाई योपटक निकटतम प्रतिस्पर्धी बनाए । उनी ३५ मतान्तरले पछाडि परे । यस वडामा तेस्रो बनेका माओवादी उम्मेदवार रामकुमार लामाले ४ सय ६ मत ल्याए।

प्रकाशित: ३१ वैशाख २०७९ १४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App