६ वैशाख २०८१ बिहीबार
राजनीति

भरतपुरमा १५० मत गन्दा एमालेका सुवेदी अगाडी

चितवनको भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले सुरुवाती अग्रता कायमै राखेका छन्। भरतपुर वडा नम्बर १ को १५० मत गन्दा सुवेदीले ६६ मत प्राप्त गरेका छन्।

सुवेदीलाई पछ्याउँदै सतारुढ गठबन्धनकी उम्मेदवार रेणु दाहालले ५१ मत प्राप्त गरेकी छिन्। स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले १३ मत ल्याएका छन्। त्यस्तै उपमेयर कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५७ र राप्रपाकी हिमाल गुरुङले ४५ मत प्राप्त गरेकी छन्।

वडा अध्यक्षमा पनि एमालेका उम्मेदवार नै अगाडी देखिएका छन्। एमालेका वडाध्यक्ष उम्मेदवारले ६५ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ५९ मत प्राप्त गरेका छन् ।  भरतपुरको मतगणना चितवन उद्योगसंघको प्रदर्शनी केन्द्रमा सुरु भएको छ। २९ वटा वडा रहेका भरतपुरमा वडा नम्बर १ बाट गणना सुरु गरिएको छ।

अहिले एक ठाउँबाट गणना कार्य सुरु गरिए पनि पछि थप गर्दै लगिने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। उनका अनुसार, वैशाख ५ गतेभित्र अन्तिम नतिजा आउने गरी मतगणना गरिनेछ। भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ। मतगणना बिहान ९ बजेदेखि सुरु गर्ने भनिए पनि एजेन्ट राख्ने विषयमा विवाद हुँदा ढिला गरी सुरु भएको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App