८ वैशाख २०८१ शनिबार
राजनीति

रौतहटमा रद्द गरिएका २४ मतदान केन्द्रकाे पुनः निर्वाचन जेठ ३ गते

विवादका कारण रौतहटको विभिन्न पालिकामा शुक्रबार रद्द हुन पुगेको निर्वाचन जेठ ३  गते मंगलबार हुने भएको जानकारी प्राप्त भएको छ।

सदरमुकाम गौरमा शनिबार भएको भएको सम्बन्धित निकायको छलफलमा रद्द गरिएका ठाउँको निर्वाचन एकै दिन जेठ ३ गते मंगलबार गर्ने सहमति भएको छलफलमा सहभागी एक जनाले जानकारी गराएका छन्।

रौतहटको ६ पालिकाको ११ मतदान स्थलको २४ केन्द्रको मतदान रद्द भएकोमा मंगलबार हुने सहमति भएको गढीमाई नगरपालिकाको प्रमुख निर्वाचन अधिकृत रामानन्द प्रसाद अधिकारीले जानकारी गराएका छन्।

रौतहटमा गढीमाई नगरपालिकाको वडा नम्बर ३ र ६ मा मतदानकै बेला दुई पक्षबीच विवाद भएर झडप भएपछि मतदान नै स्थगित भएको थियो। सबै पक्षबीच सहमतिको प्रयास गराउँदा पनि नभएपछि भएको मतदान रद्द गरिएको हो।

मतदान चलिरहेको समयमा विवाद भएपछि बौद्धिमाई नरपालिका ३ को मतदान केन्द्रको पनि रद्द मतदान जेठ ३ मा हुने भएको छ। यसैगरी फतुवा विजयपुर नगरपालिकामा २ मतदान केन्द्र, यमुनामाई नगरपालिकाको वडा नम्बर १ र २ का मतदानहरु रद्द गरिएकामा जेठ ३ मा पुनः मतदान हुँदैछ।

यमुनामाइ नगरपालिकामा कतै मतपेटिका लिएर भागेका थिए भने कतै मतपेटिकामा पानी खन्याइएको थियो। यसैगरी देवाही गोनाही नगरपालिकाको एक र गरुडा नगरपालिकाको एक मतदान केन्द्रको मतदान रद्द गरिएकामा सबै एकसाथ एकै दिन गरिने सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्।

जिल्लामा रद्द गरिएका सबै मतदान केन्द्रमा पुनः मतदानको लागि बोलाइएको छलफलमा जिल्लाका प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका रौतहट प्रमुख, सशस्त्र प्रहरी बल रौतहटका प्रमुख, नेपाली सेनाको रौतहट प्रमुख, जिल्ला निर्वाचन कार्यालय रौतहटका साथै मतदान रद्द गरिएका पालिकाका निर्वाचन प्रमुखहरुको सहभागिता रहेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App