६ वैशाख २०८१ बिहीबार
राजनीति

विराटनगरको मेयरमा कांग्रेसको अग्रता

विराटनगर महानगरपालिकाको मेयरमा ५ दलीय गठबन्धनतर्फका उम्मेदवार नागेश कोइरालाले  अग्रता लिएका छन् । १ हजार ५  सय २९ मत गणना हुँदा कोइरालाले ५  सय २९ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेबाट मेयरका उम्मेदवार सागर थापाले ४  सय १ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले १ सय ६ मत प्राप्त गरेका छन् ।  

 यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले ४ सय ५० र गठबन्धन तर्फका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले २ सय ४५ र स्वतन्त्रकी नमिता न्यौपानेले  ६७ मत प्राप्त गरेकी  छिन् ।  पहिलो चरणमा १,२,१६,१७,१८ र १९ नम्बर वडाको मत गणना भइरहेको छ  । विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता रहेकोमा  ८९ हजार ६ सय ७८ मत खसेको थियो ।  

प्रकाशित: ३१ वैशाख २०७९ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App