१६ चैत्र २०८० शुक्रबार
राजनीति

दाङमा कांग्रेसको विजयी सुरुवात

दाङमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ। जिल्लाको दङ्गिशरण गाउँपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा कांग्रेस विजयी भएको हो। यो वडाको वडा अध्यक्षमा कांग्रेसका रमेश भण्डारी ६ सय ६४ मत प्राप्त गर्दै निर्वाचित भए।

उनका प्रतिस्पर्धी एमालेका श्रीप्रशाद चौधरीले ५ सय ५३ मत प्राप्त गरे। चौधरी अघिल्लो स्थानीय निर्वाचन बाट यो वडाको अध्यक्षमा निर्वाचित भएका थिए। यो गाउँपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App