२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बर्दियामा काँग्रेसको अग्रता

स्थानीय तह निर्वाचनको मत गणनामा पालिका प्रमुख पदमा नेपाली काँग्रेसले अग्रता लिएको छ। जिल्लाको आठ पालिकामा दुई वटा वडाको मतगणनामा पाँच पालिका प्रमुख पदमा काँग्रेसले अग्रता लिएको हो।

गुलरिया नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बार बर्दिया नगरपालिका र मधुवन नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ। त्यसैगरी बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा नेकपा एमालेको अग्रता छ। ठाकुरबाबा नगरपालिकामा नेकपा माओवादीले अग्रता लिएको छ।  

जिल्लामा ३ लाख ११ हजार ४ सय १० मतदाता संख्या रहेको थियो जसमा शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा २ लाख २४ हजार ४ सय ९९ मत खसेको छ। बर्दियामा ७२ प्रतिशत मत खसेको रेकर्डले देखाएको छ। जिल्लाको आठ  वटै पालिकामा मतगणना जारी छ। 

प्रकाशित: ३१ वैशाख २०७९ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App