रोल्पामा ६४ प्रतिसत भन्दा बढी मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख धृताकुमारी केसीका अनुसार त्रिबेणी गाउँपालिकाका दुईवटा बडाको बाहेक ६४ प्रतिसत मतदान भएको हो। ‘रोल्पामा ६४ प्रतिसत भन्दा बढि मतदान भएको छ। दुइ स्थानमा फोन सम्पर्क नभएका कारण जोड्न भने बाँकी छ।’
यसैबिच रोल्पामा शान्ति पूर्ण वातावरणमा मतदान सकिएको छ। जिल्लाका ८१ मतदान स्थलका १ सय ७३ मतदान केन्द्रमा बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म भएको मतदानमा कुनै अप्रिय घटना वा कुनै समस्या परेन। एकाध स्थानमा सामान्य बिबाद बाहेक समग्रमा निर्वाचन सभ्य तरिकाले सकिएको हो। पानी परेका कारण केही बेर समस्या आए पनि अवरोध नै पुर्याएन।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लाको निर्बाचन अत्यन्त मर्यादित र शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको बताए। ‘करिब ६४ प्रतिसत भन्दा बढि मतदान भएको छ। सबै स्थानमा मतपेटिका ल्याउने ब्यबस्था मिलाएका छौ ।’ उनले भने ‘ढिलोमा राति ११ बजे सम्म सबै मतपेटिका सम्बन्धीत ठाउँमा पुग्छन्।’
मुख्य निर्वाचनअधिकृत दिलिपराज पन्तले जिल्लामा निर्बाचन कतै अबरुद्ध नभएको बताए। ‘रोल्पा नगरपालिकामा ६६.०३ प्रतिसत मत खसेको छ । अन्यत्रको खबर अझै आएको छैन। मतपेटिका आए पछि सर्बदलिय बैठक पछि मत गणनाका बारेमा निर्णय गरिने छ।’ उनले जिल्लामा शान्ती पुर्ण बाताबरणमा मतदान भएको समेत बताए।
रोल्पा नगरपालिका लगायत अन्य स्थानिय तहमा समेत मतपेटिका निर्बाचन अधिकृतको कार्यालयमा आउने क्रम सुरु भएको छ। मतपेटिका आए पछि राजनितिक दल संग सर्बदलिय बैठक बसि मतगणना सुरु गरिने छ।
प्रकाशित: ३० वैशाख २०७९ १५:३६ शुक्रबार