१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोरङमा शान्तिपूर्ण मतदान केही स्थानमा अझै मतदान जारी

विराटनगर स्थित आदर्श माविमा मतगणनाका लागि तारजाली लगाएर तयार पारिएको कोठा। तस्बिरः विनोद /नागरिक

मोरङमा शान्तिपूर्ण रुपमा मतदान  जारी रहेको  छ।  शुक्रबार विहान ७ बजे देखि सुरू भएको मतदान  शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ।

धेरैजसो स्थानमा मतदान सम्पन्न भएर  मतपेटिका संकलनको काम भइरहेको र केहि स्थानमा मतदान जारी रहेको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन कश्यप अधिकारीले बताए।

उनका अनुसार अहिले पनि  ८ स्थानमा मतदान जारी रहेको छ । मतदान सम्पन्न भइसकेका मतदान केन्द्रबाट मत गणनाका लागि मतपेटीका संकलनको काम भइरहेको उनले जानकारी दिए। अधिकारीले मोरङमा ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रासम्भीक अनुमान गरेको बताए । मतदान सम्पन्न भएर मतगणना स्थलमा ल्याइसकेका स्थानिय तहहरूको मत गणना आजै रातीबाट सुरू हुने अधिकारीले जानकारी दिए।  

प्रकाशित: ३० वैशाख २०७९ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App