१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

धर्मेन्द्र बास्तोला प्रहरी निगरानीमा

नेकपा बहुमत पार्टीको धर्मेन्द्र बास्तोलालाई प्रहरीले निगरानीमा राखेको छ। इलाका प्रहरी कार्यालय भालुबाङमा राखेर उनी माथि सोधपुछ भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। 

बास्तोलाको पार्टीले चुनाव बहिस्कारको नीति लिएको छ। पुर्बबाट पश्चिम तर्फ जाँदै गरेका बास्तोलालाई प्रहरीले भालुबाङमा रोकेर निगरानीमा राखेको हो। 'बास्तोलालाइ नियन्त्रणमा लिइएको हैन,उहाँलाई निगरानी मात्रै राखिएको हो' डिएसपी रिजालले भने 'हामीहरूले उहाँसँग चुनावबारे उहाँहरूको नीति कस्तो भनेर सोधपुछ गरिरहेका छौँ।' 

रिजालका अनुसार बास्तोला सुर्खेत जान लागेको र उनलाइ निगरानिमा राखिएको हो। 'अहिले उहालाई सोधपुछ भैरहेको छ, चुनाव सम्म नै निगरानीमा राख्ने नि छोड्ने भन्ने कुरा अहिले तय भैसकेकाे छैन' रिजालले भने ।

प्रकाशित: २९ वैशाख २०७९ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App