१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

भाेट माग्ने धेरै भए हावाहुरीले उडाएकाे छानो हाल्दिने कोही भएनन्

चितवनको कालिका नगरपालिका–८ न्यूरेनिस्थित आपडाँडामा राजनीतिक दलहरु लावालस्कर मोटरसाइकल र गाडिसहित भोट माग्न हिडिरन्छन्। तर, सडक छेऊमै रहेको कान्छिमायाँ तामाङको भत्किएको घरमा कोही छिर्दैनन्। 

‘हावाहुरीले घर उडाएको छ। नेताहरु बाटबाटो हिड्छन्। यहाँ कोही आएका छैनन्,’ ६७ वर्षीया तामाङले भनिन्, ‘ घर बनाउन सक्दिन्।’ वैशाख १९ गते साँझ आएको पानीसहितको हावाहुरीले उनको घर भत्काइदिएको हो। वरिपरि बाँसले बारेर टिनले छाएको घर थियो। एक्कासी आएको हावाहुरीले घरको छाना सबै उडाईदियो। त्यतिखेर उनी छोरा र नातीसंगै घरमै थिईन्। ‘साँझपख पानी परेर म पिढीँमा बसेकी थिँए। एक्कासी हावाआएर घर भत्काइदियो। माथिबाट खसेको टिनले टाउकोमा समेत चोट लागेको छ,’ उनले भनिन्, ‘पानीले भएभरको भिजाएको थियो। लुकलुक काम्दै छिमेकीकोमा गयौँ।’  

उनको चार जनाको परिवार छ। ६ दिनदेखि छिमेकीको घरमा बसेका छन्। शनिवार हामी पुग्दा उनका छोरा जगत  तामाङ छिमेकीकोमा घरमा खाना खाँदै थिए। मिस्त्री काम गरेर चार जनाको जीवन गुजरा चलाउँदै आएका जगतबहादुर घर कसरी बनाउने अन्योल छ।  ‘कमाई छैन्। कसैले सहयोग गरे राम्रै घर बनाउनु पर्ला,’ उनले भने, ‘नभएर केहीले बारेर बस्नुपर्ला।’ वडाले नाम टिपेर लगेको छ। तर, अहिलेसम्म केही नपाईएको उनले बताए। उनलाई यतिखेर भोट माग्न समेत कोही नेता आएका छैनन्। उनी ११ वर्षअघि काठमाडाैंबाट चितवन झरेका हुन्।

न्यूरेनीकै भवानी अर्यालको पनि घरको छाना नै छैनन्। शारीरिकरुपमाअशक्त्त रहेकी अर्याललाई घर कसरी बनाउने भन्ने थाहै छैनन्। शनिबार पुग्दा ८ कक्षामा पढ्ने छोरासंगै उनी घरमा थिईन्। छानामाथि पानीले भिजाएको बिस्तारा देखिन्थे। ‘बुवा मलामी जानुभएको थियो। ममी र पदमपुरमा पुजामा गएका थियौँ। घरमा आउँदा सबै कपडा र खानेकुरा भिजेको थियो’, उनका छोराले भने, ‘अहिले पनि पानी पर्दा सबैघरभित्र पानी पस्छ।’ उनका बुवा भने शनिबार पुग्दा राहत पाईने आशमा चुनावी प्रचारमा निस्कि सकेका थिए।

  न्यूरेनीमा पहिलोपटक यति ठुलाे हावाहुरी आएको हो। यहाँका २२ घरधुरीमा क्षति पुगेको छ। तीन मिनेटको बीचमा नै घर गोठ गरेर ५० लाखभन्दा बढीको क्षति पुगेको पुरुपोत्तम भट्टराइले बताए। हावाहुरीसहित ठूलो पानी आयो। बाहिर अडिन सक्ने अवस्था थिएन। हामीलाई नै उडाएर लैजाने अवस्था थियो, उनले दुई तीन मिनेटपछि बाहिर निस्कँदा अधिकांश तहस नहस बनाएको थियो।’  

अहिलेसम्म हावाहुरी पीडितलाई कसैले राहत उपलब्ध गराउन सकेको छैन। दैनिक आउने पानीले उनीहरु समस्यामा पर्दै आएका छन्। ‘हावाहुरीले छानो नै उडाइदियो। पानी पर्दासाथ घरभित्र पस्छ,’घरको छाना बनाउँदै गर्दा भेटिएका खुमराज भट्टले भने, ‘लत्तापकडा, किताव कापी, धान सहित भएभरको सामान भिज्यो।’ हावाहुरीले ५ लाखको क्षति पुगेको बताए।  

कालिका नगरपालिकाको तथ्याङ्कमा  वैशाख १९ र २२ गते आएको हावाहुरीले १३ वटा घरमा मात्रै क्षतिपुगेको छ। त्यसमध्ये २ वटा घर पूर्णरुपमा नै क्षति भएको कालिका नगरपालिकाका विपत शाखा प्रमुख प्रकाश पौडेल बताए। उनीहरुलाई तत्काल राहत दिनुपर्ने अवस्था रहेको उनको भनाई छ। नगरपालिकाले राहत दिने विषयमा निर्णय नगर्दा वितरणगर्न नसकिएको उनले बताए। ‘विपत व्यवस्थापन समितिको बैठक बसेको छ। प्रारम्भिक तथ्याङ्क संकलन पनि गरेका छौँ, उनले भने, ‘राहत कति उपलब्ध गराउने भन्ने बिषयमा पालिकाको निर्णय आएको छैन।’ घरको क्षतिलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए। चुनावका कारण पनि राहत वितरणमा ढिलाई हुन पुगेको उनले बताए।

 हावाहुरीले अन्नबालिमा समेत ठुलो क्षती पुर्याएको छ। ६ वटा विद्युतका पोल ढलाएको छ। कालिका नगरपालिका वडानम्बर ८का वडाध्यक्ष खिमप्रसाद अधिकारी राहत विभिन्न संघसंस्थाहरुको सहयोगमा राहत उपलब्ध गराउने काम भएको बताए। ‘रेडक्रस जस्ता संस्थासंग समन्वय गरेर अगाडी बढेका छौँ, उनले भने, ‘पालिकाको बोर्ड मिटिङबाट नै पास गराएर उचित राहत दिन्छौँ।’

प्रकाशित: २५ वैशाख २०७९ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App