१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली बयलगाढा दर्शनको प्रवद्धर्कः माधव नेपाल

पोखरामा बोल्दै माधवकुमार नेपाल। तस्बिरः उमेश पुन/नागरिक

नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीकै दम्भकै कारण नेकपा एमाले विनासको बाटोमा पुगेको आरोप लगाएका छन्। नेपालले सबै शक्तिलाई स्वीकार गर्नुपर्ने भन्दै उनले ओलीको दम्भले नै विनासको बाटोमा पुगेको स्पष्ट पारे।

पाँच दलीय गठबन्धनको चुनावी सभालाई आईतबार पोखरामा सम्बोधन गर्दै नेता नेपालले भने, ‘हामीले गठबन्धन गरेपछि ओलीले दक्षिणपन्थी प्रतिगामी संघीयता विरोधीसँग  गठबन्धन गरेका छन्।’  उनले ओलीलाई बयलगाढा दर्शनको प्रवद्र्धकको आरोप समेत लगाए। 

‘दक्षिणपन्थी प्रतिगामी गठबन्धन विरुद्ध हामीले गठबन्धन गरेर अत्यन्तै सही निर्णय गरेका छौ’ उनको भनाई थियो। उनले भ्रष्टाचार नगर्ने र सुशासन दिलाउने, जनताको मन जित्नेगरि काम गर्ने बताए। फेवाताल अतिक्रमण विरुद्ध लाग्न उनले आव्हान गरे।

प्रकाशित: २५ वैशाख २०७९ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App