गोरखामा ३७ जनाले पुनः: वडाध्यक्ष बन्ने चाहना राखेर उम्मेदवारी दिएका छन्। ९४ वटा वडा रहेको गोरखामा एक जना स्वतन्त्रबाट र ३६ जनालाई राजनीतिक पार्टीले दोस्रो पटकको लागि उम्मेदवार बनाएको हो। दोहोरिने सबैजसोले ‘अधुरा काम पूरा गर्ने’ मुख्य नारा बनाएका छन्।
गोरखा नगरपालिकामा ९ जना वडाध्यक्षले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन्।
गोरखा नगरपालिका वडा नम्बर १ मा हिक्मत बहादुर कुँवर, २ मा रहमतुल्ला मियाँ, ४ मा खोपबहादुर अधिकारी, ८ मा कृष्ण केसी, ९ मा कुलबहादुर कुँवर, १२ मा डिलबहादुर थापा,
कांग्रेसको तर्फबाट यस अघि गोरखा नगरपालिकामा विजयी ८ वटा वडा मध्ये ६ जना वडाध्यक्षमा पुनः दोहोरिएका छन्।
माओवादी केन्द्रबाट वडा नम्बर ७ मा बिष्णुप्रसाद श्रेष्ठ, ११ मा रामबहादुर खड्का, १३ मा हरि खनाल दोहोरिएका छन्। यसअघि तीनवटा वडा जितेको माओवादीले सबै वडाध्यक्षलाई दोस्रो कार्यालका लागि पनि टिकट दिएको हो।
पालुङटार नगरपालिकामा चार जना वडाध्यक्ष दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। वडा नम्बर १ का जनता समाजवादीबाट वडाध्यक्ष बनेका कृष्णबहादुर परियार ५ मा जसपाकै दिपक पाण्डे, नेपाली कांग्रेसबाट वडा नम्बर ९ मा वडाध्यक्ष भएका भेजराज पाण्डे र माओवादी केन्द्रबाट विजयी वडा नम्बर १० का अध्यक्ष रिखिराज धौराली पुनः प्रतिस्पर्धामा छन्।
सिरानचोक गाउँपालिकामा २ जना दोहारिएका छन्। जनता समाजवादीबाट वडा नम्बर ५ मा सन्तोष गुरुङ र ६ मा कांग्रेसका नारायण दानी दोहोरिएका छन्। नेपाली कांग्रेसबाट वडाध्यक्षमा पुनः उम्मेदवारी दिएका सिरानचोक ६ का नारायण दानी वडाबासीको सपना अझै पूरा भईनसकेकाले आफू उठ्नुपरेको बताए। बजारबाट नजिक भएर पनि सिरानचोक ६ पछाडी परेको बताउँदै उनले भने, ‘यो गाउँको अधुरो काम, योजना, बिकास निर्माणको काम पूरा गर्न म अर्को एक पटक उम्मेदवार बनेको हुँ।’ जनताको चाहना अनुसार नै आफू वडाध्यक्ष हुन लागेको दावी उनको छ।
चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का रामकुमार श्रेष्ठ दोहोरिएका छन् भने अन्य सबै नयाँ छन्।
धार्चे गाउँपालिकामा तीन जना वडाध्यक्ष दोहोरिएका छन्। वडा नम्बर ४ मा कांग्रेसबाट विजयी राज गुरुङ, ६ तुलबहादुर गुरुङ, वडा नम्बर ६ मा एमालेबाट विजयी धनकुमार गुरुङ दोहोरिएका छन्।
नेकपा एमालेबाट धार्चे गाउँपालिका ६ को वडाध्यक्षमा पुनः उम्मेदवार बनेका धनकुमार घलेले दुर्गम गाउँमा बिकासको संभावना रहेको र आफुले सुरु गरेका काम पूरा गर्न फेरि उम्मेदवार बनेको बताए। ‘वडाध्यक्ष भएपछि मैले ठूला ठूला योजना र कार्यक्रम गाउँमा सुरु गराएँ, अब यत्तीकै छाड्नु भएन, पूरा आफैँले गर्नुपर्छ भनेर फेरी उठेको हुँ,’ उनले भने।
आरुघाट गाउँपालिका चार जना दोहोरिएका छन्। वडा नम्बर ३ मा एमालेबाट शिरबल बराम, नेकपा एकीकृत समाजवादीबाट वडा नम्बर ३ मा नारायण ध्वज खड्का, वडा नम्बर ७ मा स्वतन्त्रबाट रणबहादुर बराम, वडा नम्बर ८ मा कांग्रेसबाट मुरारी खनाल दोहोरिएका छन्।
भिमसेन थापा गाउँपालिका दुई जनाले दोहोर्याएका छन्। वडा नम्बर २ मा नेपाली कांग्रेसका नारायण भट्टराई, वडा नम्बर ७ मा माओवादी केन्द्रबाट नारायण श्रेष्ठले दोहोर्याएका छन्।
शहीदलखन गाउँपालिकामा चार जना वडाध्यक्षले पुनः उम्मेदवारी दिएका छन्। एमालेबाट वडा नम्बर २ का अच्युत थापा, वडा नम्बर ३ का गणेश थापा, वडा नम्बर ५ मा माओवादीबाट यमबहादुर थापा मगर, ६ मा कांग्रेसबाट दिलिप थापा, ७ मा शरण श्रेष्ठ दोहोरिएका हुन्।
बारपाक सुलिकोट गाउँपालिकामा तीन जना दोहोरिएका छन्। वडा नम्बर ४ का भिमबहादुर गुरुङ, ६ का बाबुलाल गुरुङ, ७ का कृष्ण गुरुङ माओवादी केन्द्रबाट पुनः दोहोरिएका हुन्। माओवादी केन्द्रबाट पुनः वडाध्यक्षमा उम्मेदवारी दिएका बारपाक सुलिकोट गाउँपालिका ७ का कृष्ण गुरुङ जनताले अनुभूति गर्ने गरी सबै बिकासका काम पाँच वर्षमा पूरा गर्न नसकेको बताउँछन्। ‘सबै आवस्यकता पूरा गर्न सकिएन,’ उनले भने, ‘अधुरो काम पूरा, स्वास्थ्य, शिक्षामा सुधार गर्न फेरि उम्मेदवार बनेको हुँ।’ यस अघि सुरु भएका काम सम्पन्न गर्न, वडा भित्रको ग्याजी तामा खानीको उत्खनन्, स्तुल खोलामा मोटरेबल पुल जस्ता ठूला योजनालाई पूरा गर्ने योजना रहेको उनले बताए।
अजिरकोट गाउँपालिकामा एक जना वडाध्यक्षले पुनः उम्मेदवारी दिएका छन्। वडा नम्बर ४ मा कांग्रेसका जंगबहादुर गुरुङले उम्मेदवारी दिएका छन्।
गण्डकी गाउँपालिकामा दुई जना वडाध्यक्ष पुनः दोहोरिएका छन्। वडा नम्बर २ मा कांग्रेसका देउबहादुर गुरुङ र वडा नम्बर ८ मा माओवादीका तुलसी रेग्मीले उम्मेदवारी दिएका हुन्।
प्रकाशित: २४ वैशाख २०७९ ०१:४५ शनिबार