१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

‘निर्वाचनले सुशासन, समृद्धि र विकास भित्र्याउँछ’

स्थानीय तहको निर्वाचनमा असल जनप्रतिनिधि छनोट गर्न थारु, मधेशी र मुस्लिम समुदायमा उत्साहित देखिएका छन्। निर्वाचनले सुशासन, समृद्धि र विकास भित्र्याउने विश्वास उनीहरुको छ।

निर्वाचनमा थारु, मधेशी र मुस्लिम मतदातामा असल जनप्रतिनिधि चयन गर्न उत्साह छाएको हो।  

निर्वाचन पक्षमा लचिलो देखिँदा चुनावी रौनक थपिएको छ। निर्वाचन तयारीमा जुटेकाले थारु,मधेशी र मुस्लिम समुदायमा चुनावी रौनक बढेको छ।

यहाँका थारु, मधेशी र मुस्लिम समुदाय जनप्रतिनिधि छनोट गर्न आतुर रहेको बताएका छन्।

५२ प्रतिशत थारु समुदायको बसोबास रहेको जिल्लामा यसअघि आन्दोलनमा लागेका नेतृत्व पनि निर्वाचनमा तयारीमा जुटेकाले थारु र मधेशी समुदायका मतदातालाई निर्वाचनले आकर्षित गरेको छ। जिल्लामा ८ वटा स्थानीय तह छन्। उम्मेदवारको छनोटमा थारु, मधेशी र मुस्लिम समुदायलाई प्राथमिकता दिएको दलको दाबी छ। गुलरिया, राजापुर, बढैयातालमा मधेशी समुदायको बाहुल्यता छ। तीन मध्य गुलरियामा ५२ प्रतिशत मधेशी मतदाता छन्।

गाउँ र नगरमा कसलाई विजयी गराउने भन्ने यतिबेला कसरत भईरहेको छ। संविधानमा आफ्ना धेरै माग समेटिएकोले प्राप्त उपलब्धि बचाउन चुनाव अपरिहार्य रहेको अगुवाको भनाई छ।

शान्ति र विकासका लागि हाम्रो नभई राम्रो चयन गर्ने उनीहरुको तर्क छ।

थारु समुदाय जस्तै गुलरिया नगर क्षेत्रका मधेशी र मुस्लिम समुदायका मतदाता र अगुवा निर्वाचनमा सहभागी भएका छन्। आफ्ना नेतालाई विजयी गराउन प्रचार प्रसारमा व्यापक सहभागिता छ।

मुस्लिम समुदाय भने रमजान सकिएसँगै चुनावमा होमिएका छन्। निर्वाचन भए गाउँ र नगरको विकास हुने उनीहरुलाई विश्वास छ।

निर्वाचन भन्दै दलहरुले भुक्काएर विकास निर्माणमा देश नै पछि परेको भन्दै असल नेतृत्वको छनोट गर्न आतुर रहेको गुलरियाका समिम अन्सारीले बताए।

‘चुनाव नहुँदा देश अनिर्णयको बन्दी भएकाले जनताले निर्वाचन चाहेका छन्,’ उनले भने, ‘मुस्लिम समुदायको महान पर्व रमजानपछि निर्वाचनमा होमिएका छौं।’  

सदरमुकाम गुलरिया नगरपालिका भित्र रहेको दक्षिणी भेग मथुराहरद्धार, खैरापुर, कट्टि मधेशी समुदायको बस्ती हो।

निम्न आय र शिक्षामा निकै पछि परेको यस क्षेत्रमा मधेशी मुलका दलित किसानको बाहुल्यता छ। यसैगरि खैरापुर र गुलरिया यादव समुदायको बाक्लो बस्तीको एकै आवाज छ। जनप्रतिनिधि आएको अवस्थामा विकास ढोका खुल्नेछ।

स्थानीय निकायको निर्वाचनमा योग्य उम्मेदवारको चयन गर्नु जरुरी रहेको उनले औल्याए। निर्वाचनमा योग्य र सक्षम जनप्रतिनिधि छान्ने दाउँमा मतदाता छन्।

प्रकाशित: २३ वैशाख २०७९ १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App