१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बाबुरामको गृहनगरमै कांग्रेस-जसपा गठबन्धन टुट्यो, एक्लै लड्ने कांग्रेसको घोषणा

सहमति पालना नगरेको एक अर्कामा आरोप

बुधवार पत्रकार सम्मेलन गरेर एक्लै चुनावमाजाने घोषणा गर्दै पालुङटार नगरपालिकामाकांग्रेसको तर्फबाट मेयर उम्मेदवार दिपकबाबु कंडेल, कांग्रेस जिल्ला सभापति, नगर सभापतिलगाएत। तस्बिर: नागरिक

जनता समाजवादी पार्टीका संघिय परिषदअध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृहनगर पालुङटारमाजसपा र कांग्रेस बिचको चुनावी गठबन्धन टुटेको छ। केन्द्रीय समितिको निर्देशनजसपाले पालनानगरेकाले कांग्रेस गोरखाले एक्लै चुनावमाजाने निर्णय गरेको जिल्ला सभापतिनन्दप्रसाद न्यौपानेले बताए।  

‘पालुङटारको मेयरमा जसपा, उपमेयरमा कांग्रेसलाई सघाउन केन्द्रले निर्देशन गरेको हो’ कांग्रेस सभापति न्यौपानेले भने ‘गोरखा नगरपालिकामा पनि मेयर कांग्रेसलाई सघाउने निर्णय भएको हो।’ पालुङटारमा आफू अनुकुल भएको निर्णय चाँही पालना गर्ने तर गोरखा नगर पालिकामा जसपाले कांग्रेसका मेयर उम्मेदवार राजनराज पन्तलाई सघाउन केन्द्रले गरेको निर्णय पालना नगरेकाले बुधवार सहमति टुटेको उनले बताए। नेपाली कांग्रेस पालुङटार नगर समितिले बुधबार पत्रकार सम्मेलन गर्दै एक्लै चुनाव लड्ने निर्णय भएको जनाएको छ।  

‘गोरखा नगरपालिकामा जसपा र माओवादी केन्द्रबीच मेयर-उप मेयरमा तालमेल भएको छ’ सभापति न्यौपानेले भने, ‘जसपाले केन्द्रको निर्देशन बिपरित माओवादी केन्द्रसँग तालमेल गरेकाले हामीअहिले फेरी मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका हौँ’ सभापति न्यौपानेले भने।  

वैशाख ११ गते एकल चुनावी प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका जसपा र कांग्रेस गोरखालाई केन्द्रिय समितिको दबावमा पालुङटार गोरखामातालमेल गर्न भनिएको थियो। गृहनगर जसरी पनिलिने योजनामा पूर्व प्रधानमन्त्री समेत रहेका जसपाअध्यक्ष भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई दवाब दिए। दुई नेताबीच गोरखा नगरपालिकाको प्रमुखमा कांग्रेसलाई सघाउने र पालुङटारमा जसपालाई सघाउने सहमति भएको थियो। उम्मेदवारी दर्ता भईसकेपछि अन्तिम नामावली सार्वजनीक हुने दिन बैशाख १६ गते दुबै पार्टीले सहमति बाहेकका उम्मेदवार फिर्ता लिने निर्णय गरे। जसपाले पत्र छिटो पठाएकाले गोनपामा मेयर उम्मेदवार सञ्जु भट्टले फिर्ता लिईन् भने पालुङटारमा उपमेयरकी उम्मेदवार नारायणी अधिकारीले पनि फिर्ता लिईन्। 

कांग्रेस केन्द्रीय समितिले ढिलो पत्र पठाएकाले पालुङटारमा कांग्रेसको तर्फबाट मेयर उम्मेदवार फिर्ता भएन। समयमै पत्र नआउँदा कांग्रेसबाट पालुङटारमा मेयरका उम्मेदवार दिपकबाबु कंडेलको उम्मेदवारी कायम रह्यो। ‘अहिले मलाई जसपा सँग मिल्न हुँदैन भन्ने बुझेर नै केन्द्रीय सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ताको पत्र ढिला पठाउनुभएको हो जस्तो लागेको छ’ कांग्रेसबाट मेयरका उम्मेदवार दिपकबाबु कंडेलले भने। साथै उनले एकल लड्न आफूलाई जिल्ला पार्टीले निर्देशन दिएकाले बुधवारदेखि नै चुनावीप्रचार प्रसार सुरु गरेको बताए।

‘बाबुराम जी ले आफ्नो शाख जोगाउन गठबन्धन गराउन दवाब दिनुभयो, तर अब यो टुट्यो,पालुङटारबासी र कांग्रेस कार्यंकर्ताको चाहना अनुसार भएको छ’ मेयर उम्मेदवार कंडेलले भने ‘मेयर बिजयी भएपछि पालुङटारलाई सम्मुन्नत नगरपालिका बनाउने प्रण गर्दछु।’ मेयर कंडेल यस अघि पनि कांग्रेसबाट मेयर बनेका थिए।  

गोरखा नगरपालिकामा जनता समाजवादी नगर समितिले माओवादी केन्द्रबाट मेयरका उम्मेदवार कृष्ण रानालाई सघाउने र उप मेयरमा नारायण खत्रीलाई सघाउने सहमति वैशाख १७ गते नै गरेको सार्वजनीक भएको छ। दुबै उम्मेदवार संयुक्त प्रचारप्रसारमा जुटिसकेका छन्। गोरखा कांग्रेसले बुधवार पालुङटार नगर समितिलाई पत्राचार गर्दै सबै तहमा मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन गरेकाले अब पछि हट्ने ठाउँ नरहेको नेपाली कांग्रेस पालुङटार नगर सभापति बिमल ढकालले बताए।  

जनता समाजवादी पार्टीका जिल्लाअध्यक्षयान प्रसाद भट्टले उम्मेदवार फिर्ता लिएपछि पनि कांग्रेस उम्मेदवार कंडेल प्रचार प्रसारमा लागेको, वडाको भागवण्डा नमिलेका कारण गठबन्धन हुन नसकेको बताए।  

‘गठबन्धन गरेर जाँदाझनै खतरा होला जस्तो भयो, वडाको विषयमा पनि सहमति हुन सकेन’ उनले भने। ‘त्यसपछि जिल्लाले मित्रवत प्रतिस्पर्धामा जाने निर्णय गरेको हो।’ गोरखा नगरपालिकामा मेयरमामाओवादी केन्द्र सँग नगरले गरेको सम्झौता रद्ध गरेर जान सकिने ठाउँ बाँकी रहेको बताउँदै उनले भने, ‘गोनपाको उप मेयरको विषय गठबन्धनमा नटुङ्गिएकाले पनि समस्या भयो।’

प्रकाशित: २१ वैशाख २०७९ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App