८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

कमलामाई नगरपालिकामा सत्ता टिकाउने र भत्काउनेबीच प्रतिस्पर्धा

सिन्धुलीको कमलामाई नगरपालिकामा सत्ता टिकाउने र भत्काउनेबीच प्रतिस्पर्धा चलेको छ। यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा जित हात पारेको नेकपा एमालेलाई यसपटक सहज छैन। सत्ता गठबन्धन दलबीच गठबन्धन भएपछि नेकपा एमालेले पुरानो विरासत कायम राख्न नेकपा एमालेलाई चुनौती देखिएकाे छ।  

नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त कार्यक्रम गरी चुनावी प्रचारप्रसार चलिरहेको छ। कमलाई नगरपालिका प्रमुखमा नेपाली काँग्रेसबाट उपेन्द्रकुमार पोखरेल र उपमेयरमा नेकपा माओवादी केन्द्रका नेता दिर्घराज श्रेष्ठको उम्मेदवारी छ। दुबै दल नेकपा एमालेको सत्ता भत्काएर आफूहरु नगरपालिकामा स्थापित हुने दाउमा छन्। नेकपा एमालेलाई सत्ता टिकाउन यो पटक मुस्किल छ दुई दलबीच गठबन्धन भएसँगै सत्ता टिकाउन कसरत नेकपा एमालेले गरेको छ। उम्मेदवारको घरदैलो र चुनावी प्रचारलाई दुबै दलले आक्रामक रुपमा लागि परेका छन्। गठबन्धन दलमा एकताबद्ध भएसँगै नेकपा एमालेलाई पुरानो सत्ता टिकाउन निकै मुस्किल पर्ने जानकार बताउँछन्।

नेपाली काँग्रेस र माओवादी केन्द्र मिलेर जिल्लाको कमलामाई नगरपालिकासहित सबै पालिका जित्ने दाबी गठबन्धन दलको छ। 'हामी कमलामाई नगरपालिका सहजै जित्छौ, ठूलो मतान्तरण हुने देखिन्छ,' कमलामाई नरपालिकाका उम्मेदवार एवम् नेपाली काँग्रेसका सभापति उपेन्द्र पोखरेलले भने, 'यसपटक जसरी पनि गठबन्धनले जित्छ।'

गठबन्धन दलका उम्मेदवारले भोट माग्दा समेत संयुक्त कार्यक्रम गरी गठबन्धनलाई भोट दिन आग्रह गरेका छन्। उता नेकपा एमाले गठबन्धनभित्र असन्तुष्टि रहेको र त्यसको फाइदा आफूहरुलाई हुने भन्दै जित्ने दाबी गर्छन्। नेकपा एमालेबाट नेता महेन्द्र श्रेष्ठ कमलामाई नगरप्रमुख र उपप्रमुखमा २०७४ सालमा नेकपा एमालेका विजेता बनेकी मञ्ज देवकोटा पुनः उम्मेदवार बनेकी छन्।  

हाल कमलामाई नगरपालिकामा नेकपा एमालेका खड्गबहादुर खत्री मेयर रहेका छन्। एमालेलाई पुरानो विरासत जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ। इमान्दार पूर्वक गठबन्धन दलका नेता कार्यकर्ताले भोट हाले गठबन्धन र एमालेबीच फराकिलो मतान्तरणले गठबन्धन अगाडि हुने देखिन्छ तर एमाले गठबन्धन भित्र तीव्र असन्तुष्टि रहेको र अन्तर्घात हुने अनुमान सहित त्यसको फाइदा उठाउने दाउमा छ। 'हामी कमलामाई नगरपालिकासहित पहिले जितेका तीन ओटा पालिका यथावत राख्दै थप जित्ने रणनीतिका साथ अगाडि बढेका छौ,' एमाले प्रचार विभागका प्रमुख सञ्जय दाहालले भने, 'नगरपालिका सहजै जित्छौ।'

दुबै दलले आआफ्नो घोषणा पत्र सार्वजानिक गरि मतदाताको मन तान्ने दाउमा जुटेका छन्। काँग्रेसका उम्मेदवार पोखरेल झरी परिरहेकै बेला रुझ्दै घरदैलो अभियानमा जुटेका छन्।

गठबन्धन गरी यसपटक कमलामाई नगरपालिकामा सत्ता परिवर्तन गर्न नेपाली काँग्रेस र माओवादी लागि परेका छन्। ०७४ सालमा नेकपा एमाले पहिलो मत सहित विजयी बनेको थियो भने, नेपाली काँग्रेस दोस्रो र माओवादी तेस्रो मत प्राप्त गर्न सफल भएको थियो। दोस्रो र तेस्रोको गठबन्धनले यसपटक एमालेको सत्ता ढाल्ने दाउमा गठबन्धन दल छन् भने एमाले टिकाउने दाउमा छन्।

प्रकाशित: २० वैशाख २०७९ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App