४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

महिलालाई पुरुष सरह ज्याला पाउने प्रबन्ध मिलाउनेछुः सुनिता डंगोल

नेकपा एमालेको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरिन्। आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई विदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने योजना पनि सुनाइन्।

डंगोलले भनिन्, ‘कार्यस्थलमा महिलाहरुलाई सुरक्षित हुने खालको हामी प्रबन्ध गर्नेछौं। त्यतिमात्रै होइन–महिलाहरुलाई हामी समान ज्यालाका लागि आवाज उठाउने छौं। महिनावारीको समयमा धेरै जना महिलाहरुलाई कार्यालय जान गाह्रो हुन्छ। त्यो गाह्रो महिलाबाहेक पुरुषहरुले कमै मात्र बुझ्नु हुन्छ होला। विशेषगरी महिनावारीको समयमा हामीले विदाका लागि कसरी प्रबन्ध गर्न सक्छौं, त्यसका लागि नीत र कार्यक्रमहरु ल्याउनेछौं।'

डंगोलले महिलाहरुलाई पुरुष सरह ज्याला पाउने प्रबन्ध पनि आफू विजयी भएमा व्यवस्था गर्ने संकल्प गरिन्।

प्रकाशित: १८ वैशाख २०७९ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App