३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

जनकपुरमा कांग्रेसका बागी उम्मेदवारले फिर्ता लिएनन् उम्मेदवारी

जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार बनेका मनोज साह उम्मेदवारी फिर्ता लिएका छैनन्। शीर्ष नेताहरुको दवावका बाबजुद उनले आफ्नो उम्मेदवारी कायमै राखेका छन्।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको निर्धारित समयमा उनले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। सत्तारुढ गठबन्धनले जसपा का लाल किशोर साहलाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट भएर नगर सभापतिसहित पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

गठबन्धनको साझा उम्मेदवारलाई सहयोग गर्न पार्टीले बारम्बार दबाब दिएपनि आफूले पार्टी साधारण सदस्यबाट राजीनामा दिइसकेको हुनाले पार्टी निर्देशन मान्न आवश्यक नभएको भन्दै ब्याक नभएको मनोज साहले बताए।

दुई मेयर पदका उम्मेदवारसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। उनका अनुसार उम्मेदवारी फिर्ता लिनेमा मेयर पदका स्वतन्त्र उम्मेदवार बैधनाथ साह र नन्दकुमार भगत रहेका छन्। भने, उपमेयरबाट विश्वनाथ साह सुडीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

प्रकाशित: १६ वैशाख २०७९ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App