८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेमकिपाको घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह चुनावको घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो।  

घोषणापत्रमा शिक्षालाई प्राथमिकतामा राखिएको छ। शिक्षाले मात्रै परिवर्तन सम्भव भएको भन्दै शिक्षालाई निःशुल्क बनाउनुपर्ने उल्लेख छ।

गाउँपालिकाहरूमा अनिवार्य र निःशुल्क प्राथमिक एवम् माध्यमिक शिक्षा लागु गराउन तथा नगरपालिकाहरूलाई क्षमता अनुसार महाविद्यालयहरू र प्राविधिक उच्च शिक्षालयसमेत स्थापना गराउन ढिलो गर्नु जनतालाई शिक्षाबाट वञ्चित गर्नु नै हुनेतर्फ सङ्घ र प्रदेश सरकारलाई बोध गराइने घोषणापत्रमा उल्लेख छ।

प्रकाशित: १५ वैशाख २०७९ १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App