५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मित्रवत् प्रतिस्पर्धा गर्ने गोरखाका गठबन्धन दलको निर्णय

सत्ता गठबन्धन भित्रका चार दलले अन्य दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका छन्। बिहीबार बसेको गठबन्धन दलका नेताहरुको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखाका कुनैपनि तहमा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।  

केन्द्रीय गठबन्धनको बैठकले वैशाख १४ गते निर्णय गरी सहमति गरेर निर्वाचनमा जान निर्देशन गरेको थियो। बिहीबारको बैठकमा गठबन्धन गर्न गोरखाका दलहरुबीच पटकपटक छलफल भएको र केन्द्रको निर्देशनपछि पनि सहमति हुन नसकेकाले निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको गठबन्धन संयन्त्र संयोजक एवं कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले बताए।  

गठबन्धनका दलहरुबीच सहमतिका लागि आगामी दिनमा पनि छलफललाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ।  

बैठकमा नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष लेखबहादुर थापा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष यादबबहादुर बस्नेत, जनता समाजवादीका अध्यक्ष यानप्रसाद भट्ट लगायतको उपस्थिती थियो। बैठकमा कांग्रेस जिल्ला सचिव किशोरजंग थापा, माओवादी केन्द्रका केन्द्रीय सदस्य रर्शुराम रम्तेल, एकीकृत समाजवादीका इन्चार्ज जुद्धबिलास भण्डारी, जनता समाजवादीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमाल लगायत पनि बैठकमा सहभागी थिए।

प्रकाशित: १५ वैशाख २०७९ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App