२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्योः महासचिव पोखरेल

नेकपा (एमाले)मा महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली काँग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

महासचिव पोखरेलले काँग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताए। उनले स्थानीय तह निर्वाचनको चुनावमा सत्तारुढ दलहरुले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भईसकेको जिकिर गरे। उनले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताए।

महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढि विधि र प्रक्रिया उल्लंघन गर्ने नेताको रुपमा माधवकुमार नेपाल रहेको टिप्पणी समेत गरे। उहाँले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि दोहोर्‍याए।

प्रकाशित: १३ वैशाख २०७९ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App