१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बैतडीमा १४ सय ४२ र दार्चुलामा ७ सय ७० जनाले गराए उम्मेदवारी दर्ता

आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १ हजार ४ सय ४२ जना र दार्चुलामा ७ सय ७० जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन्। 

बैतडीको दशरथचन्द नगरपालिकामा २ सय २७ जना, मेलौली नगरपालिकामा १ सय ९३ जना, पुर्चौडी नगरपालिकामा १ सय ७६ जना र पाटन नगरपालिकामा १ सय ६१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

यस्तै जिल्लाको सुर्नया गाउँपालिकामा १ सय ४९ जना, सिगास गाउँपालिकामा १ सय ८१ जना, दोगडाकेदार गाउँपालिकामा १ सय २५ जना, शिवनाथ गाउँपालिकामा ९२ जना, पञ्चेश्वर गाउँपालिकामा ७९ जना र डिलासैनी गाउँपालिकामा ५९ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ। 

जसमध्ये नगरपालिका प्रमुखमा २३ जना र उपप्रमुखमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै पालिका अध्यक्षमा २२ जना र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै वडाध्यक्षमा ३ सय १८ जना, महिला सदस्यमा २ सय ६१, दलित महिला सदस्यमा २ सय ५१ र सदस्यमा ५२८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

दार्चुलामा स्थानीय तह निर्वाचन २०७९का लागि सबै स्थानीय तहमा गरेर कुल ७ सय ७० जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोग अनुसार नगरपालिका प्रमुखमा १० जना र उपप्रमुखमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै पालिका अध्यक्षमा ३० जना र उपाध्यक्षमा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षमा १ सय ७३ जना, महिला सदस्यमा १ सय ३२, दलित महिला सदस्यमा १ सय २४ र सदस्यमा २ सय ७३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०७९ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App