३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

तालमेलमा पद हत्याउन उपप्रमुखमा पुरुष नै हावी

म्याग्दीका पालिकामा प्रमुखका प्रत्यासी ३ महिला।

स्थानीय तहको निर्वाचन–२०७९ मा म्याग्दीमा तीन पालिकाको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ। जिल्लाका स्थानीय तहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएका छन्। 

आइतबार र सोमबारको मनोनयन दर्ता अवधिमा नेकपा एमालेको तर्फबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुन,रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट मिना बिक र बेनी नगरपालिका मेयर पदमा राप्रपाबाट मिनाकुमारी शर्मा सापकोटाले उम्मेदवारी दर्ता गराएकी छन्। धवलागिरी गाउँपालिकाकी अध्यक्ष उम्मेदवार पुन अघिल्लो निर्वाचनमा समेत विजय भएकी थिईन्।

नेकपा एमालेले पुनः अध्यक्षमा पुन मगरलाई दोहोराएको छ भने माओवादी केन्द्र र राप्रपाका दुबै उम्मेदवार स्थानीय तहको निर्वाचनमा नयाँ अनुहार हुन्। बि.स २०७४ सालको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी बेनी नगरमा उपमेयर जितेको राप्रपाले यसपटक आफ्नै चिन्हबाट निर्वाचनमा सहभागी हुन मेयर र उपमेयर नै मैदानमा उतारेको छ। राप्रपाले मेयरमा महिलालाई अगाडी सारेपनि उपमेयरमा भने पूर्व अध्यक्ष, क्षेत्रीय सदस्य एकेन्द्र रावललाई बनाएको छ। 

त्यस्तै माओवादी केन्द्रले समेत वडा अध्यक्षबाट राजिनामा दिएका रिम कटुवाललाई रघुगंगाको उपाध्यक्ष बनाएर महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ। राप्रपा र माओवादी केन्द्रले मेयर र उपाध्यक्षमा अगाडी सारेका उम्मेदवारलाई तालमेलको सम्भावनाले समेत हेर्ने गरिएको छ। आइतबार र सोमबार मनोनयन दर्ता गरेपछि फिर्ता अवधीसम्म सम्मानजक तालमेलका लागि माओवादीले समेत प्रयास गरेको छ भने राप्रपाले समेत आफ्नै चुनावी चिन्हमा निर्वाचनमा सहभागी हुन पाए तालमेलमा सकारात्मक छ।  

‘हामीले महिलालाई प्राथमिकता दिएका छौ,‘यो कुनै चर्चामा आउन नभई महिलालाई नेतृत्व दिन पर्छ भन्ने हो’ उपमेयरका प्रत्यासी रावलले भने। उनले पार्टीको केन्द्रिय निति अनुसार वडा सदस्यसम्म आफ्नै चुनाव चिन्हमा सहभागी हुने गरी तालमेलको प्रस्ताव गरिएको छ। 

स्थानीयतहको निर्वाचनमा प्रमुख वा उपप्रमुख कुनै एउटा पद अनिवार्य भनेपछि गठबन्धनमा सहभागी हुदाँ दुबै पुरुष हुने भएकाले पनि उपाध्यक्ष र उपमेयरमा पार्टीको हेबी वेटका नेताहरूलाई प्राथमिकता दिनु पदको मोह भएको महिला अधिकारकर्मीको भनाई छ। ‘जित्ने र तालमेलमा सहज हुने पद अझै पुरुषको रोजाईमा छ,‘घुमाउरो तरिकाले महिलालाई अगाडी सारेर पुरुषले पदमा जान खोजे जस्तो देखिन्छ’ अधिकारकर्मी जमुना आचार्यले भनिन्। 

निर्वाचनमा गठबन्धनका कारण महिलाका पद गुमेको अवस्थामा प्रमुखमा महिलालाई देखाएर उपप्रमुख पुरुषले लिन खोजिएको भन्दै सेवासुविधा र अधिकारमा अझैपनि महिलालाई पन्छाउने प्रयास भइरहेको उनले बताईन्। म्याग्दीका ६ वटै स्थानीय तहमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुख भएका कोही पनि दोहोरिएका छैनन् भने वडा अध्यक्षमा समेत जम्मा दुई जना महिलाले उ्रम्मेदवारी दिएका छन्।

प्रकाशित: १३ वैशाख २०७९ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App