१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेले टुंग्यायो पालिका उम्मेदवार, गठबन्धन भागबन्डापछि पार्टीको छलफलमा

नेकपा एमालेले बागलुङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ। बागलुङ नगरपालिकामा गण्डकी प्रदेश फेरि पनि जनकराज पौडेललाई उम्मेदवार बनाएको छ। उनी हालका पनि नगरप्रमुख हुन्। उपप्रमुखमा पवित्रा रोकाले टिकट पाएकी छिन्। काठेखोला गाउँपालिका अध्यक्षमा डिलबहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिका अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मिना रायमाझीलाई टिकट दिईएको बताईएको छ।

बरेङ गाउँपालिकामा अध्यक्षमा प्रदिप थापा र उपाध्यक्षमा दुर्गा कार्की उम्मेदवार हुनेछन्।  ढोरपाटन नगरप्रमुखमा देवकुमार नेपाली नै सर्वसम्मत भएका थिए। उपप्रमुख पनि हालकै उपप्रमुख करमती पुनलाई बनाउने निर्णय भएको बताईएको छ। एमालेले ताराखोलामा ऋषिराम रोका, जैमिनीमा लिला राना, गलकोटमा पूर्ण काउचालाई उम्मेदवार बनाईसकेको छ।  

यता पाँच दलिय गठबन्धनका दलहरु भने उम्मेदवार टुंगो लगाउन बल्ल पार्टी भित्र छलफल थालको छ। मध्यरातमा भागबन्डामा हस्ताक्षर भएपछि बिहानबाट पार्टीको उम्मेदवार छनोटको छलफल चलेको हो। गठबन्धनले जिल्ला समन्वय समिति बागलुङको प्रमुख राष्ट्रिय जनमोर्चा र उप्रमुख नेकपा एकिकृत समाजवादी पार्टीलाई दिनेगरी भागबन्डा मिलाएको छ। भागबन्डामा बागलुङ नगरमा काँग्रेस प्रमुख, माओवादी उपप्रमुख, गलकोटमा काँग्रेस प्रमुख, माओवादी उपप्रमुख, जैमिनीमा राजमो प्रमुख काँग्रेस उपप्रमुख रहनेछन्।  

ढोरपाटनमा माओवादी प्रमुख काँग्रेस उपप्रमुख, काठेखोलामा काँग्रेस अध्यक्ष, राजमो उपाध्यक्ष, बडिगाडमा काँग्रेस अध्यक्ष राजमो उपाध्यक्ष, निसीमा काँग्रेस प्रमुख माओवादी उपप्रमुख पाउनेछन्। बरेङमा राजमो अध्यक्ष काँग्रेस उपाध्यक्ष, ताराखोलामा माओवादी अध्यक्ष काँग्रेस उपाध्यक्ष तथा तमानखोलामा काँग्रेस अध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टी उपाध्यक्ष पाउनेछन्। वडाअध्यक्ष, सदस्य र कार्यपालिका सदस्य समेत भागबन्डा लगाईएको गठबन्धन नेताहरुले बताएका छन्।

प्रकाशित: १२ वैशाख २०७९ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App