२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपाको घोषणापत्र सार्वजनिक

जनता समाजवादी पार्टी (जसपा) ले औचारिक रूपमा आइतबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

आइतबार काठमाडौमा गरिएको कार्यक्रममा जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्र सार्वजनिक गर्दै नेतात्रयले घोषणा पत्रमा उल्लेख भएको विषयहरूको व्याख्या गरेका थिए।  

स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र जारी गर्दै सबै पालिकामा स्थानीय विशिष्टताका आधारमा चक्रपथ निर्माण गर्ने र सबै महानगरपालिकामा नगर रेल सेवा सुरु गर्न सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता जनाएको छ। साथै सबै पालिकामा एउटा बसपार्क बनाउने पनि घोषणा गरेको छ।

शुद्ध पिउने पानीको सुविधा नपुगेका घरवस्तीमा खानेपानी सुविधा पुर्‍याउने भन्दै सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको बिलमा २०० रूपैयाँसम्म निःशुल्क गर्ने पार्टीले प्रतिबद्धता गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रूपैयाँ अनुदान दिइनेछ।’

प्रकाशित: १२ वैशाख २०७९ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App