१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

राजनैतिक उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको होः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनैतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच दलको गठबन्धन बनेको बताएका छन्।

सो पार्टीद्वारा कैलालीको गौरीगङ्गामा आज आयोजित आमसभामा पूर्वप्रधानमन्त्री दाहालले संविधान, समावेशी लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधिनता तथा अस्मिताको रक्षा गर्दै प्रतिगमनलाई परास्त गर्न पाँच दलको गठबन्धन गरिएको स्पष्ट पारे।

निर्वाचनको मुखमा गठबन्धन टुट्छ र फेरि प्रतिगमनमा जान पाइन्छ भन्ने षड्यन्त्र भएको उनले बताए। ‘हिजो साँझसम्म गठबन्धन टुटाउन षड्यन्त्र भएको थियो,’ प्रचण्डले भने, ‘छ वटै महानगर र ११ वटै उपमहानगरपालिकामा सर्वसम्मत ढङ्गले तालमेल गर्ने निर्णय हुँदा प्रतिगमनकारी विक्षिप्त भएका छन्। मनस्थिति खलबल लिएको छ।’

आमसभामा सो पार्टीका सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टलगायत वक्ताले पनि समसामयिक राजनीतिका विषयमा बोलेका थिए। सभामा जनता समाजवादी पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने नेता नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए। सो अवसरमा जनता समाजवादी पार्टीका नेता कृष्णकुमार चौधरीको नेतृत्वमा नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्।

प्रकाशित: ८ वैशाख २०७९ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App