२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

गोरखा सदरमुकाममा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै मूख्य निर्वाचन अधिकृत।

 वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यलय स्थापना भएको छ। बिहीबार सदरमुकाममा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएसँगै सबै पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए।  

मूख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश दिनबन्धु बरालले मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन्। जिल्लामा क्रियाशिल राजनीतिक दलका नेताहरुको रोहवरमा जिल्ला समन्वय समितिको भबनमा बोर्ड राखेर मूख्य निर्वानचन अधिकृत बरालले कार्यालय सुभारम्भ गरेका हुन्। ‘निर्वाचन संम्बन्धी हामीले गर्नुपर्ने काम यहाँबाट हुन्छ’ उनले भने।  

गोरखा नगरपालिकाको निर्वाचनको सबै काम मूख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ भने अन्य पालिकालाई सघाउने, समस्या सुल्झाउने काम पनि मूख्य निर्वाचन अधिकृतको हुनेछ। निर्वाचन अधिकृतको कार्यालयमा पाँच÷पाँच जना सुरक्षाकर्मी खटिनेछन्। १० भन्दाकम वडा रहेको ठाउँमा छ जना र सो भन्दा बढी वडा रहेको ठाउँमा सात जना कर्मचारी खटिएको निर्वाचन कार्यालयले जनाएको छ। गोरखामा तीन सय ११ मतदान केन्द्र र दुई सय १५ मतदान स्थल रहेको छ।  

यस्तै मूख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले बिहिवार नै सर्वपक्षिय छलफल गरेको छ। जिल्ला समन्वय समितिको हलमा भएको छलफल कार्यक्रममा दलका नेताहरुले निश्पक्ष र भयरहित निर्वाचन गर्न प्रतिवद्ध रहेको बताएका छन्। साथै उनीहरुले निर्वाचन सम्पन्न गर्न खटिने कर्मचारी, सुरक्षाकर्मी लगायत सबैले निश्पक्ष भएर निर्वाचनमा आफ्नो भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे। वैशाख ११ र १२ गते मनोनय दर्ताका क्रममा कुन दल कति गते, कति बजे आउने भन्ने विषयमा टुङ्गिएको छैन।

प्रकाशित: ८ वैशाख २०७९ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App