२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।  

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगरपालिकासहित जिल्लाका १७ वटै पालिकामा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थानपना भएका छन्। प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले प्रदेशका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम सुरु भएको बताए।  

विराटनगर महानगरपालिकाभित्र निर्वाचनका सबै कामहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने अधिकारीले बताए। मुख्यसहित सबै निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा सशस्त्र प्रहरीले गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। प्रदेश १ मा १ सय ३७ वटा पालिका रहेका छन्।

प्रकाशित: ८ वैशाख २०७९ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App