५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रौतहटको चन्द्रपुरमा मेयरमा एमालेका सात आकांक्षी

रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट सात जना आकांक्षी देखिएका छन्। उपल्लो समितिमा सिफारिशका लागि चन्द्रपुर नगर समितिको बसेको नेकपा एमालेको बैठकमा कम्तीमा सात जना मेयरका आकांक्षी देखिएका छन्।

चन्द्रपुर नगरपालिकाबाट मेयर पदका आकांक्षीहरुमा राजु धामी, शिव आचार्य, सुनिल तिमल्सिना, प्रमोद चौधरी, नौतम पोखरेल, शारदा हुमागाईँ, कोपिला तिमल्सिना र ऋषेश्वर दाहाल रहेका छन्। मेयर पदमा अत्यधिक आकांक्षी देखिएपछि सिफारिशका लागि कुनै निर्णय नगरीकन नगर समितिले सहमतिको लागि कार्य दल गठन गरेको छ।

मेयर पदका आकांक्षीहरुबीच सहमतिको वातावरण बनाइ सर्वसम्मत उम्मेदवार चयनका लागि राजेन्द्र तिवारीको संयोजकत्वमा नगर कार्य दल गठन गरिएको हो। चन्द्रपुर नगरपालिकामा नेकपा एमालेको बलियो सम्भावना भएको हुनाले आकांक्षीहरु बढेको नेकपा एमाले जिल्ला समिति रौतहटका सचिव बालविक्रम कार्कीले जानकारी गराएका छन्। सचिव कार्कीले सहमतिको लागि प्रयास भइरहेको जानकारी गराएका छन्।

प्रकाशित: ५ वैशाख २०७९ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App