२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनको संयुक्त अपिल: आपसी मतभेद पन्छाउँदै एकअर्कालाई निरन्तर सहयोग गर्ने

फाइलतस्बिर

सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढन गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।  

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले एक अपिल जारी गर्दै देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परम्पर सहयोगको भावनाले अघि बढन पाँच दलका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको हो।

आजको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा पनि छलफल भएको र त्यसको टुंगो भोली (मंगलबार) अपरान्ह ४ बजे बस्ने बैठकले टुंगो लगाउने पनि काँग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

पाँच दलीय गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन पनि आम जनसमुदायलाई आग्रह गरेको छ। देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीयबासीहरुको कठिनाई हटाउँदै तिनका आवश्यक्ता परिपूर्ति गर्नका लागि आगामी स्थानीय तह निर्वाचनमा पनि तालमेल गरेर अघि बढने घोषणा गरिएको पनि स्पष्ट पारिएको छ।

सत्तारुढ गठबन्धनले संविधानको उलंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलबाड र संवैधानिक अंगहरुमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको भन्दै त्यस्ता प्रतिगामी र परिवर्तन विरोधी शक्तिबाट देशलाई जोगाउनुपर्ने पनि अपिलमा भनिएको छ। स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ।  

प्रकाशित: २८ चैत्र २०७८ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App