१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

युवा संघद्वारा अर्थमन्त्रीको तस्बिर फर्सीमा पोतेर प्रदर्शन

राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ। विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य किरण पौडेलले अर्थमन्त्री शर्मालाई जेल सजाय हुनुपर्ने माग गरेका छन्।

आइतबार नयाँ बानेश्वरमा उक्त सांकेतिक प्रदर्शन गरिएको हो। सांकेतिक विरोध प्रदर्शनमा अर्थमन्त्री शर्माको तस्बिर फर्सीमा पोतेर, उक्त फर्सीलाई कुर्सीमाथि राखेर विरोध जनाइएको हो।

‘मुलुक भवाभह आर्थिक संकटमा गुज्रिरहेको समयमा आफ्ना अनुचित दबाब पालना नगरेका कारण राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्री जनार्दन शर्माले निलम्बन गर्ने जुन काम गर्नुभयो, यसले बढ्दो संकटपूर्ण अवस्थामा विश्वभर नकारात्मक सन्देश प्रवाह गर्ने भएको हुँदा यो गम्भीर अपराध हो,’ अध्यक्ष पौडेलले भने,‘त्यसैले यसका मूख्य अभियुक्त रहेका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त मात्र होइन, जेल सजाय नै हुनुपर्छ।’

कोभिड–१९को महामारीको विषम परिस्थितिमा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले ७ प्रतिशत आर्थिक वृद्धि गराउन सफल भएको र अहिलेको सामान्य अवस्थामा पनि ७ प्रतिशतले नै आर्थिक वृद्धि भइरहेकोसमेत अध्यक्ष पौडेलले प्रष्ट पारे। उनका अनुसार यही तथ्यले नै वर्तमान सरकारको नालायकीपन झल्किरहेको छ।

सरकारको नालायकीपनविरुद्ध कडा प्रतिवादमा उत्रनसमेत अध्यक्ष पौडेलले युवाहरूमा आह्वान गरे। युवा संघका केन्द्रीय सदस्य एवं स्वास्थ्य विभाग प्रमुख निरोज पौडेलका अनुसार अर्थमन्त्री शर्माकै कारण अर्थतन्त्र विग्रेको र त्यसको दोष गर्भनर अधिकारीलाई लगाएका कारण युवा संघले विरोध गरेको हो। यो क्रम निरन्तर रहने पनि केन्द्रीय सदस्य पौडेलले बताए।

प्रकाशित: २७ चैत्र २०७८ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App