१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

विराटनगर महानगरको मेयरमा एमालेका ४ र उपमेयरमा ३ जनाको नाम सिफारिस

विराटनगरको मेयरमा नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ। विराटनगर महानगर कमिटीको बैठकले महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की र खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को नाम सिफारिस गरिएको छ।  

यस्तै उपमेयरमा विमला घिमिरे, शिल्पा कार्की र अञ्जु उपाध्यायको नाम सिफारिस गरेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले मेयर, उपमेयरसँगै वडाध्यक्षहरुको नाम पनि सिफारिस गरेको छ। विराटनगरका १९ वडाका लागि ५ दर्जन बढीको नाम वडा कमिटीबाट सिफारिस भएरको छ। ३ वडामा १–१ जनाको नाम सिफारिस भएको एमाले विराटनगर महानगर कमिटीले जनाएको छ। विराटनगर १०, ११ र १९ मा  वडाध्यक्षमा १–१ जनाको मात्रै दाबी परेको छ। विराटनगर १० मा अर्जुन गिरी, ११ मा तीर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडा कमिटीले सिफारिस गरेको छ।    

महानगर कमिटीका अनुसार विराटनगर १ बाट काजीबहादुर बस्नेत, ईश्वर रिजाल, किशोर बस्नेत, हरिप्रसाद पोखरेल र दिनकर मण्डलको नाम सिफारिस भएको छ। विराटनगर २ बाट कुमार पोखरेल, विनोदविक्रम शाह र ललित शाक्य, ३ बाट बासुबहादुर बस्नेत, रेशम थापा मगर, नवराज नेपाल, विष्णु पौडेल, वडा नम्बर ४ बाट जितेन थापा, तुलसी घिमिरे, ५ बाट शिव थापा, सुनिल श्रेष्ठ, राजमणि न्यौपाने, रमा रिजाल र मीनकुमार आचार्य, ६ बाट दिनेश कामत, नविनविक्रम शाह, अनिल आलम, लालबाबु साह, सन्तोष साह, समिम अन्सारी, जुफिर अहमद दोस्ताना, ७ बाट गोपाल पोद्दार र दामोदर तिवारीको नाम वडा कमिटीले सिफारिस गरेको छ।

विराटनगर ८ बाट राम पोखरेल, शैलेश न्यौपाने, मनिष भट्टराई र वीरेन्द्र राजवंशी, ९ बाट दीलिप तामाङ, श्रीप्रसाद तोत्ला, अजमेरी हुसैन, दिनानाथ भगत, पप्पु अन्सारी, राजेशकुमार भगत, गंगालाल प्रधान, हरिनाथ अधिकारी, १२ बाट राधेश्याम कट्टेल, भोला बराल, झुमा पोखरेल, विष्णु कामत, तुलसी साह, अमिरलाल राजवंशी, अजय ढकाल, १३ नम्बरबाट किशोर पोखरेल, सन्तोष बराल, तीर्थराज घिमिरे, दिनेश राई, बद्री न्यौपाने, दीपक खड्का, १४ बाट सूर्यनारायण महतो र सुनिता गिरी, १५ बाट उमेश गुरुङ, मनोज खड्का, कुन्दन मण्डल, आकाश साह, १६ बाट कुमार महर्जन, प्रल्हाद बस्नेत, धनकुमार लामा र भरत साहको नाम सिफारिस गरिएको छ।

विराटनगर १७ बाट हमिद आजाद र सिकन्दर आलम, १८ बाट पर्शुराम ठाकुर, रविन्द्र दास र जितेन्द्र कामतको नाम सिफारिस भई आएको महानगर कमिटीले जनाएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले ३ वटा वडा जितेको थियो। नेपाली काँग्रेसले ७, जसपाले ६, माओवादी १ र स्वतन्त्रले २ वडामा निर्वाचित भएका थिए।

प्रकाशित: २७ चैत्र २०७८ १२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App