५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीमै फर्किए वेनिघट रोराङका अध्यक्ष डल्लाकोटी

गत सोमबार केपी शर्मा ओलीबाट खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका पित्तबहादुर डल्लकोटी (हरि) पुनः मुल पार्टीमै फर्किएका छन्।

समकक्षी नेता कार्यकर्ताको दबाबपछि उनी एमाले प्रवेश गरेको चौविस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन्। मंगलबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेललाई हेटौंडामा भेटेर बिज्ञपति मार्फत आफू माओवादीमा फर्किएको जानकारी गराएका छन्।  

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए। यसअघि उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य समेत थिए।  

नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष हुन्। एमाले पृष्ठभूमिमा हुर्किएपनि द्वन्द्वको समयमा माओवादीमा लडेका डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीकै विभिन्न संगठनहरुमा सकृय थिए।  

पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर डल्लाकोटी अध्यक्षमा विजयी भएका थिए।

प्रकाशित: २२ चैत्र २०७८ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App