७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका छन्।

दुबै देशका प्रधानमन्त्रीले भारतको नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट संयुक्त रुपमा रेलको भर्चुअल उद्घाटन गरेका हुन्। रेल उद्घाटनका लागि जयनगर स्टेसन र जनकपुरधाम रेल्वे स्टेसन सजाइएको छ।

दुबै स्टेसनमा भर्चुअल विधिबाट हुने उद्घाटन हेर्न प्रोजेक्टर जडान गरिएको छ। जनकपुरधाम स्टेसनमा मञ्च बनाइएको छ।  

 

प्रकाशित: १९ चैत्र २०७८ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App