७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस गठबन्धनको विपक्षमा कुनै हालतमा जाँदैन: देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धनको विपक्षमा नरहेको प्रस्ट पारेका छन्।

बिहीबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको केन्द्रीय समिति बैठकले नै गठबन्धन कायम राख्ने निर्णय गरेको भन्दै काँग्रेस गठबन्धनको पक्षमा रहेकोमा दुइमत नरहेको बताएका हुन्।

उनले चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए। सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह समेत गरे।

प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको बताए। उनले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताए। प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल हुनु आवश्यक रहेको पनि बताए।

प्रकाशित: १७ चैत्र २०७८ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App