४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा. शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्का उपस्थित थिए।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा. शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन्।

प्रकाशित: ११ चैत्र २०७८ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App