१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री पोखरेलद्वारा पत्रकार महासंघ गोरखाको भवन शिलान्यास

पत्रकार महासंघ गोरखाको भवन शिलान्यास गर्दै मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शिलान्यास कार्यक्रमा बोल्दै मूख्यमन्त्री पोखरेल। तस्बिरः नागरिक

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार महासंघ गोरखा शाखाको भवन शिलान्यास गरेका छन्। सोमबार गोरखा नगरपालिका ८ मा निर्माण हुन लागेको तीन तले भवनको मुख्यमन्त्री पोखरेलले शिलान्यास गरेका हुन्।  

भवन शिलान्यास गर्दै उनले पत्रकाहरुका संस्थागत विकास र क्षमता अभिवृद्धीका लागि गण्डकी प्रदेश सरकारले सहयोग गरेको बताए। साथै उनले प्रदेश सरकारले गरेका केही गल्ती कमजोरी भए त्यस्ता विषय बाहिर ल्याईदिन पत्रकारहरुलाई अनुरोध गरे। ‘हामीबाट केही गल्ती भएमा त्यसलाई सुधार गर्ने मौका संचारमाध्यामबाट मिलोस्’ उनले भने ‘राम्रा कामलाई मात्र स्थान दिनुस् म भन्दिन।’  

प्रदेश सरकारलाई दिइएको सुझाब र समस्याका बारेमा आफू संवेदनशिल रहेको बताउँदै उनले गुनासो निराकरण गर्ने गरी अघि बढ्ने बताए। साथै उनले अहिले ‘सिड मनी’ को रुपमा १० लाख मात्रै पत्रकार महासंघ गोरखाको भबन निर्माणका लागि बिनियोजन गरेको र  थप रकम सहयोग गर्दै जाने बताए।  

पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकार महासंघको भवन निर्माणमा सबैको साथ सहयोग आवश्यक पर्ने बताए। ‘पत्रकारले निश्वार्थ सहयोग लिने गर्नुपर्छ, सहयोगकै कारण समाजमा भष्ट्राचार र अनियमितता मौलाउन दिनु हुँदैन।’  

गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, पत्रकार महासंघ गोरखाका संस्थापक अध्यक्ष किशोरजंग थापा, जिल्ला शाखाका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तब्य राखेका थिए।  

पत्रकार महासंघ गोरखा शाखाको भवन गोरखा नगरपालिका ८ रानिबनका शम्भु खत्रीले दान दिएको दुई आन र खरिद गरिएको एक आना गरि तीन आना क्षेत्रफलमा निर्माण हुन लागेको हो। उक्त भवनको पहिलो तलामा हल, दोस्रो तला कार्यालय र तेस्रो तला गेस्ट रुम रहने महासंघका सचिव बिकास मरहट्टाले बताए। 

फर्निचर र बाहिरको निर्माण काम बाहेक भवन मात्र तयार गर्न ८० लाख रुपैयाँ लाग्ने महासंघले जनाएको छ। भवन निर्माणका लागि चालु वर्ष गोरखा नगरपालिकाले पाँच लाख रुपैयाँ, सिरानचोक गाउँपालिकाले दुई लाख रुपैयाँ बिनियोजन गरेको छ। भवन शिलान्यास कार्यक्रममा कार्यालय प्रमुखहरु, राजनीतिक दलका नेताहरु, नागरिक समाज तथा संघ संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो।

प्रकाशित: ७ चैत्र २०७८ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App