३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले अलोकतान्त्रिक पार्टीः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले एमाले लोकतन्त्र विरोधी पार्टी भएको बताएका छन्।

हाट बजार व्यवसायी संघ रुपन्देहीले बुटवलमा गरेको साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले अलोकतान्त्रिक पार्टी भएकै कारण एमालेले संसद चल्न नदिएर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको आरोप लगाएका हुन्। एमालेले आफू भए ठिक नभए बेठिक भन्दै संसद अवरुद्ध गरेर लोकतन्त्र र गणतन्त्रकै खिल्ली उडाएको उनले बताए।  

एमाले लोकतन्त्रलाई कमजोर बनाउने पार्टी भएको टिप्पणी गर्दै उनले प्रतिपक्षीकै कारण देश बन्धक बनेको बताए। एमालेले अदालतमा बिचाराधिन मुद्दा निकालेर देशलाई नै बन्धक बनाएको आरोप लगाए। एमालेमा लोकतान्त्रिक संस्कार नै नभएको भन्दै उनले त्यसको हिसाव किताव जनताले अबको निर्वाचनमा गर्ने बताए।

लुम्बिनी प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गरेको भन्दै मुख्यमन्त्री केसीले पूँजीगत खर्च, राजस्व संकलन लगायतका कुरामा सरकार सक्रिय रहेको बताए।

प्रकाशित: २९ फाल्गुन २०७८ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App