६ वैशाख २०८१ बिहीबार
राजनीति

घर-घर जाऔँ, कांग्रेस जिताऔँ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ। आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो।

एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान शुरु गर्ने बताए।

उनले जनताले सिधै नेपाली कांग्रेसलाई सत्ता निर्वाचनमा जिताएर सत्ता सुम्पिन आग्रह गरे। महामन्त्री शर्माले जनताले कम्युनिष्ट पार्टीलाई सत्ता सुम्पिने र कम्युनिष्टहरुले कांग्रेसलाई सत्ता सुम्पिने गरेको उल्लेख गर्दै सिधै जनताले नेपाली कांग्रेसलाई निर्वाचनबाट जिताउन आग्रह गरे।

उनले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म नेपाली कांग्रेसको कांग्रेस जिताऔँ अभियान पहिलो चरणमा हुने बताए। महामन्त्री शर्माले पहिलो चरणमा यो अभियानमार्फत कांग्रेसले मुख्य ८ वटा उद्देश्यलाई सार्वजनिक गरेको पनि बताए।

उनले यो अभियान अन्तर्गत पार्टीले नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न, स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अघिल्ला सरकारहरुले गरेको कामको समिक्षा गरेर स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको बताए।

महामन्त्री शर्माले नेपाली कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशत भन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाएको र जनताको जीवन रक्षालाई प्रधान विषय बनाएको तथा आगामी निर्वाचनसम्म पुग्दै गर्दा प्रायःलाई लगाइसक्ने संकल्प लिएको पनि बताए।

महामन्त्री शर्माले नेपाली कांग्रेस पार्टीले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गर्न आम मतदाताहरुलाई आग्रह गरे। उनले कम्युनिष्टहरुले एमसीसीको बेला सडकमा कराएको युवकलाई भोटको माध्यमबाट मात्र हेरेको आरोप लगाउँदै नेपाली कांग्रेसले युवकको भविष्यलाई पनि हरेको बतए।

महामन्त्री शर्माले नेपाली कांग्रेसको यो अभियानमा आफ्नो पार्टीका मात्रै कुरा सुनाउने नभइ जनताका आवाज, जनताका चाहनाहरुको बारेमा पनि जनभावना सुन्ने बताए। उनले यो अभियानबाट आम जनतालाई विभिन्न भोटर ट्रेनिङ प्रोग्राम पनि सञ्चालन गरिने बताए। उनले यो अभियानबाट जनताका कुराहरु समेटेर स्थानीय विकाससँग सम्बन्धित कुराहरुसहितको घोषणापत्र बनाइने पनि बताए।

महामन्त्री शर्माले यो अभियानमा काँग्रेसलाई मात्र नभइ अन्य राजनीतिक दलहरुलाई पनि मर्यादित ढंगले चुनाव लड्न आग्रह गर्ने बताए। उनले आगमी निर्वाचनहरुमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने वा गठबन्धनसँगै रहेर प्रतिष्पर्धा गर्ने भन्ने कुरा एक महिने यो अमियानपछि आएको केन्द्रिय समितिको निर्णयपछि भन्न सकिने बताए।

महामन्त्री शर्माले यो अभियानमा जाँदा कांग्रेसले कुने पनि पार्टीलाई आरोप, प्रत्यारोप नलगाइ जनताका कुरामा विशेष चासो राख्ने बताए। उनले आजबाट शुरु भएको यो अभियान क्रमशः वडा तहमा विकेन्द्रिकृत हुने बताए। यस अभियानमा ७७ जिल्लाकै केन्द्रिय प्रतिनिधिहरुले १० दिनसम्म हरेक स्थानीय पालिकामा पुगेर जनताका कुराहरु सुन्ने र उनीहरुको अपेक्षाहरु सुन्ने कुरामा केन्द्रित हुने बताए।

उनले सरकार संघीय प्रणालीमा गइसकेपछि सात प्रदेशमा सात प्रदेश कार्यसमितिले यो अभियानको काम गर्ने बताए। महामन्त्री शर्माले यो अभियानमा जनताको विश्वास जितेर आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने र सबैलाई नेता कार्यकर्तालाई जिम्मेवारी पूरा गर्न अवसर दिने पनि बताए। उनले यो अभियान विशेष गरेर समृद्धि, संस्कार, संगठनलाई नवीन ढंगले अघि बढाइ एकाकार गर्ने कुरामा केन्द्रित हुने बताए।

प्रकाशित: २९ फाल्गुन २०७८ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App