२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महिलाहरु राजनीतिको मुल प्रवाहमा आइसके, अब कसैले रोक्न सक्दैनः मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाहरुमा नेतृत्व विकास गर्ने चुनौती रहेको बताएकी छन्।

आइतबार महिला सुरक्षा दबाब समूहले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित राजनीतिक पार्टीहरुमा महिला नेतृत्व, सम्भावना र चुनौती विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री झाँक्रीले महिलाहरु गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगेको बताइन्।

महिलाहरुले राजनीतिक रुपमा र राज्यको विभिन्न क्षेत्रमा अवसरहरु पाएको उल्लेख गर्दै उनले अब महिलाहरुमा नेतृत्व विकासको चुनौती रहेको बताइन्। महिलाहरुले आ–आफ्नो ठाउँबाट कुशलतापूर्वक जिम्मेवारी बहन गरेर देखाउनुपर्ने उनले बताइन्।

मन्त्री झाँक्रीले अब महिला सहभागिताको कुरा मात्र नगरी क्वालिटीमा नेतृत्व दिनेकुरा महत्वपूर्ण भएको बताइन्। महिलाहरु राजनीतिको मुल प्रवाहमा आइसकेको उल्लेख गर्दै उनले अब कसैले रोक्न नसक्ने पनि बताइन्।

प्रकाशित: २२ फाल्गुन २०७८ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App