१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मलेसिया जेलमा यातनाबारे बुझ्न निर्देशन

काठमाडौं-परराष्ट्र मन्त्रालयले मलेसियाका जेल तथा घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई सर्वांग नांगो बनाई यातना दिने गरेको विषयमा सत्यतथ्य बुझ्न त्यहाँस्थित नेपाली दूतावासलाई औपचारिक पत्र पठाएको छ।मन्त्रालयले ‘यथाशक्य छिटो वास्तविकता बुझी खबर पठाउन' बिहीबार दूतावासलाई पत्र लेखेको हो। मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतलाई पठाइएको पत्रमा त्यहाँको सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग भेटेर वास्तविकता बुझ्न आग्रह गरिएको छ।
‘सत्यतथ्य बुझ्न आज क्वालालम्पुरस्थित हाम्रो दूतावासलाई पत्र पठाएका छौं,' परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले बिहीबार नागरिकसँग भने।
मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा बसी स्वदेश फर्केका नेपालीले आफूहरूलाई नांगै बनाई बेइज्जतीपूर्ण रूपमा यातना दिएको बताएका छन्।
मलेसियामा अवैध रूपमा काम गरिरहेका नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरी यातना दिने गरेको पीडितहरूको भनाइ छ।
मलेसियाली प्रहरी तथा जेल अधिकारीले त्यहाँको अदालतले सजाय सुनाइसकेपछि जेल र घरफिर्ती क्याम्पमा बन्दीहरूलाई नांगै बनाई यातना दिने गरेका हुन्।

प्रकाशित: २६ चैत्र २०७१ १९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App