२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेका सांसद मोहन बानियाँ निलम्बित

नेकपा एमाले मुगु जिल्लाका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। बलात्कार आरोप लागेका बानियाँलाई आइतबार बसेको प्रतिनिधि सभाले सांसद पदबाट निलम्बन गरेको हो।

बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्ज विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो। पीडित महिलाले बानियाँविरुद्ध माघ २७ गते नै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन्।

प्रकाशित: २२ फाल्गुन २०७८ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App