६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

'हामी भेडा बाख्रा होइनौ'

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै खनालले एमसीसीसम्बन्धी सबै दस्ताबेजहरू संसद्‌मा ल्याइनुपर्ने माग गरेका हुन्। उनले एमसीसी सम्झौताको दूरगामी महत्त्व हुने भन्दै सही वातावरणमा छलफल हुनुपर्ने बताए। उनले भने,'एमसीसीका दस्तावेजहरु सदनमा नल्याइकन कसरी हुन्छ। तपाईं हामी भेडा बाख्रा हैनौं।'

उनले सन्धि र सम्झौता सबै सांसदहरुले छलफल गर्न पाउनुपर्ने बताए। झन्डै एक दर्जन सम्झौताहरू रहेको उल्लेख गर्दै एमसीए नेपालसँग भएका पत्राचारहरू पनि सार्वजनिक गरिनुपर्ने उनको भनाइ थियो। नेपालले कुनै देशलाई शत्रु नठान्ने उल्लेख गर्दै उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपालको सार्वभौमसत्ता र स्वाभिमानलाई सम्मान गर्दै दिइने सहयोगलाई मात्र स्वागत गरिने बताए।

प्रकाशित: १५ फाल्गुन २०७८ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App