२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसीले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण: बादल

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अमेरिकी सहायता सम्झौता (एमसीसी)का कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन्। उनले केही दिनभित्रै नेपाली जनताको त्यसको प्रत्यक्ष अनुभूति गर्ने पनि बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले एमसीसीलाई संसदबाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण देखाउने बताए। उनले पार्टीले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने पनि दोहार्‍याए।

‘जबसम्म पार्टीले राखेका माग पूरा हुँदैनन्, तबसम्म एमसिसीका बारेमा पार्टीले कुनै धारणा बनाउँदैन्,’ उनले भने, ‘एमसीसी पास गराउन एमालेको सहयोग चाहिए संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाइनुपर्छ।’ उनले एमालेविरुद्ध बनेको गठबन्धनका कारण मुलुक अस्थिरता र अराजकतातर्फ धकेलिएको टिप्पणी पनि गरे।

उपाध्यक्ष बादलले एमालेकै नेतृत्वमा समृद्धिको अभियान अघि बढ्ने भन्दै निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए। कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेललगायतले स्थानीय तह निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए। 

प्रकाशित: १४ फाल्गुन २०७८ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App