४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

जसपा केन्द्रीय कार्यकारिणी बैठक सुरु

एमसीसी लगायत समसामयिक राजनीतिको सम्बन्धमा छलफल गर्न जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ।

बैठक शुक्रवार इमाडोलस्थित इन्द्रणी ब्याक्वेटमा सुरु भएको हो। बैठकमा एमसीसी लगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमाथि छलफल हुने भएको छ। जसपा नेता प्रकाश अधिकारीले केन्द्रीय कार्यकारिणी बैठकमा  स्थानीय तहको निर्वाचन तथा पार्टी दर्ता, एमसीसी, देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक कार्यको समिक्षा र समायोजनको सम्बन्धमा छलफल हुने बताए। 

त्यसैगरी बैठकमा कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिको पदमान र कार्यविभाजन, नेतृत्व प्रणाली, पार्टीको विधान अधिवेशन, सुज अभियान, सरकार तथा पार्टीका मन्त्रीहरुको कार्य समिक्षा र केन्द्रीय समिति तथा संघीय परिषद्को बैठकको सम्बन्धमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए।

शुक्रवार ढिलोगरी सुरु भएको जसपा केन्द्रीय कार्यकारिणी बैठक लम्बिने सक्ने नेता अधिकारीले बताए। सत्तारुढ सबै राजनीतिक दलहरुले एमसीसीको सम्बन्धमा धारणा स्पष्ट गरिसकेको भएपनि जसपाले यसबारे हालसम्म औपचारिक धारणा स्पष्ट पार्न सकेको छैन। पार्टीमा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच एमसीसीको विषयमा फरक फरक मत रहेको नेताहरुले बताउने गरेका छन्।

प्रकाशित: १३ फाल्गुन २०७८ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App