१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

वानेश्वर आसपासको सुरक्षा व्यवस्था कडाः सवारी साधन डाइभर्ट

काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ। तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई  बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ। भद्रकाली–सिंहदरबार–माइतीघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ। 

पदमोदयमोडबाट पनि हुनुमानथान हुदै थापागाउँ जाने  ठुला तथा तिनपाङग्रे सवारी साधनलाई  पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ।

अमेरिकी विकास सहयोग लिमेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडकखण्डको आवागमन डाइभर्ट गरिएको हो। 

प्रकाशित: १२ फाल्गुन २०७८ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App