१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा उभिएको छ। एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ। त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ। सो पार्टीसँग अहिले दुई सांसद छन्।

‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं। त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ। मैले नैतिकहीन हुने काम गर्नु हुन्न। हाम्रो पार्टी एमसीसीको पक्षमा छ।’

प्रकाशित: १२ फाल्गुन २०७८ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App