१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एमसीसी पास गर्न सत्ता पक्षलाई प्रतिपक्षको आवश्यकता छैनः ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नमा सत्तापक्षलाई प्रमुख प्रतिपक्षको आवश्यकता नभएको बताएका छन्।

उनले प्रमुख प्रतिपक्षीको भुमिकालाई नजरअन्दाज गरेका कारण एमालेले निर्णय गरिहाल्नुपर्ने अवस्था नभएको बताए। सोलुखुम्बूको खुम्बु पासाङल्हामू गाउँपालिका काठमाडौमा गरेको सम्मान कार्यक्रममा बोल्दै संसदमा एमालेले अध्यक्ष ओलीले सो धारणा राखेका हुन्।

उनले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५३ जना खुम्बुका नागगरिकलाई सम्मान गरेको छन्। सम्मान पाउनेमा २५ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राख्ने कामिरिता शेर्पा देखि राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पासम्म रहेका छन्।

शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका क्षेत्रमा खुम्बुमा जन्मेर राष्ट्रलाई योगदान गरेका ५३ जनालाई सम्मान गरिएको थियो। त्यस्तै, विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ३७५ जनालाई प्रशंसा–पत्र प्रदान गरिएको छ। सोही अवसरमा एमाले अध्यक्ष ओलीले गाउँपालिकाले कार्यान्वयनमा ल्याउने स्मार्ट कार्डको शुरुवात समेत गरेका थिए।

त्यसक्रममा ओलीले खुम्बुले गरेको विकासबाट आफू सन्तुष्ट रहेको बताए। आफू प्रधानमन्त्री हुँदा शुरु गरेको डिजिटल नेपालको अवधारणा खुम्बु पासाङल्हामूले अबलम्बन गरेकोमा खुसी व्यक्त गरेका थिए। अधिकांश समय शेर्पा समुदायको प्रशंसामा खर्चेका अध्यक्ष ओलीले समाज परिर्वतनमा गरेको योगदानलाई स्थानीय सरकारले सम्झेकोमा धन्यवाद दिएका थिए।

मुलुकको राज्य पुर्नसंरचनाको क्रममा ७ सय ५३ वटा स्थानीयतहहरु मध्ये खुम्बु पासाङल्हामु गाउँपालिकाको चौथो ठूलो गाउँपालिका हो । गाउँपालिकाको भौगोलिक हिसाबले सोलुखुम्बु जिल्लाको झण्डै आधा भूभाग ओगटेको, प्रदेश नं. १ कै दोस्रो ठुलो र देशकै चौथो ठुलो गाउँपालिका हो। 

राष्ट्रियजनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार कुल जनसंख्या नौ हजार दुई सय छब्बीस रहेको छ। गाउँपालिका कार्यवाहक प्रमुख टासी ल्हामु शेर्पाका अनुसार निर्वाचनको बेला घोषणा र प्रतिबद्धता गरिएका करिब ९५ प्रतिशत काम सम्पन्न भएका छन्। कार्यकालको अन्तिम समयसम्म पनि विकास निर्माणको कार्यले निरन्तरता पाउदा त्यसको दर बढ्ने उनको दावी छ।

छिमेकी माप्य दूधकोशीगाउँपालिका र खुम्बु पासाङल्हामू गाउँपालिकाको संयुक्तपहल, लगानीमा दूधकोशीनदीको ओर्लाङघाटमा माप्यखुम्बुु मितेरी सडक पुलनिर्माण गरेको,माप्यखुम्बु लगानीमा दूधकोशीदेखि खरिखोलासम्मको ९ कि.मि. सडकको ट्रयाकओपान गर्ने कार्य गरेको, खरिखोलादेखि थाडाँडासम्म कडा चट्टानफोर्दै १६ कि मि सडक निर्माण गर्ने कार्य गरेको, विभिन्न ट्रेकिङ ट्रेल निर्माण, सार्वजनिक शौचालय निर्माण, बसपार्कका लागि जग्गा व्यवस्थापन, सगरमाथा तथा अन्य हिमालहरुको सरसफाईलगायतका विकास निर्माणका गतिविधिहरु सम्पन्न गरेको पनि कार्यवाहक प्रमुख शेर्पाले बताइन।

त्यसैगरी गाउँपालिका र जिल्लास्थित तीनै जना माननीय सांसदहरुको सहयोग र पहलमा खुम्बु पासाङल्हामू गाउँपालिकाको नाम्चेमा सवस्टेशन रहने गरी विद्युत विस्तारका लागि टेण्डर समेत आह्वानभई सकेको पनि बताइन। गाउँपालिकाले काठमाडौमा सम्मान कार्यक्रम गरेको थियो।

सो कार्यक्रममा खुम्बू पासाङल्हामु गाउँपालिकामा जन्मिएर  विभिन्न क्षेत्रबाट विश्व रेकर्ड कायम गरी गिनिज बुक अफवल्र्ड रेकर्डमा नाम लेखाउन सफल ब्यक्तित्वहरु, विभिन्न विधामा विद्यावारिधी गरेका, चिकित्सक, पाइलट इन्जिनियर, हिमाल आरोहीहरु खेन्पो तथा आचार्य लामाहरुलाई सम्मान गरिएको थियो। 

त्यसैगरी बौद्घ धर्म संरक्षरण, प्रवद्र्घन र धार्मिक पर्यटन प्रवद्र्घनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने गुम्बा र गुम्बाका प्रमुख लामाहरु,संस्कृतिप्रेमि, कालाकार, लगायतलाई पनि गाउँपालिकाले सम्मान गरेको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, प्रदेश नं १ का सांसदद्धय बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १० फाल्गुन २०७८ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App