३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश सभा बैठक फागुन १५ गते बस्ने

प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सूचना जारी गरी प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।  

प्रदेश १ को प्रदेशसभा बैठक  मंसिर १ गते अनिश्चित कालका लागि स्थगित गरिएको थियो। प्रदेशसभा बैठक स्थगित भएको  अढाइ महिना पछि बैठक राख्न लागिएको हो। प्रदेशसभार बैठक नराखेर सरकारले जनताको थलोलाई खुम्च्याउन खोजेर प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको  भन्दै प्रमुख प्रतिपक्षी एमालेले अलोचना गर्दै आएको थियो। 

यहि हिउँदे अधिवेशनबाट प्रदेश १ को नामाकरण टुंगो लगाउने प्रदेश सरकारको तयारी  छ। प्रदेशको नामाकरणका विषयमा छलफल गर्न प्रदेश सरकारले आज दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलिय बैठक वोलाएको छ।

प्रकाशित: १० फाल्गुन २०७८ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App