१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बालुवाटारमा गठबन्धनको बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको ‘निर्णायक बैठक’ सुरु भएको छ। संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बसेको हो।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने सत्तागठबन्धनको बैठक १० बजे बोलाइएको छ। शुक्रबार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एसले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो।

नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। यस्तै माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ।  

प्रकाशित: ८ फाल्गुन २०७८ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App